
जलपाइगढ़ी, 15 मार्च (हि.स.)। जिल्लाको केरानीपाड़ा क्षेत्रमा चोरी गरिरहेको बेला पक्रा परेपछि एक युवक कुटपिटको डरले सीधै रूखमा गएर चढ्यो। यसपछि उलाई तल ल्याउन पञ्चायत, पुलिस र दमकल कर्मीहरूलाई अथक प्रय़ास गर्नुपऱ्यो। यो घटना आइतवार भएको हो।
जानकारी अनुसार, पिलखाना क्षेत्रका एक युवकलाई आइतवार बिहान पैसा चोरीरहेको समय परिवारका सदस्यहरूले रंगेहात समातेका थिए। स्थानीय मानिसहरूको रोष र कुटपिटको डरले युवक छेवैको एउटा अग्लो रूखमा चढ्यो। उसले लामो समयसम्म तल आउन अस्वीकार गऱ्यो।
पछि पुलिस, पञ्चायत प्रतिनिधिहरू र दमकल कर्मीहरूको सहयोगमा धेरै घण्टाको प्रयासपछि उसलाई सुरक्षित तल ल्याइयो। त्यसपछि पुलिसले युवकलाई हिरासतमा लिएर थाना लग्यो र यस विषयमा अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी