तीनधारे चियाबारी र सिविटारमा चुनावी सभा र बुथ स्तरीय चुनाउ कमिटी गठन
तीनधारे चियाबारी र सिविटारमा चुनावी सभा र बुथ स्तरीय चुनाउ कमिटी गठन


खरसाङ, 15 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा र चुनावी बुथ स्तरीय कमिटी गठन गर्ने क्रममा बुथ नम्बर 249 तीनधारे चियाबारी र बुथ नम्बर 260 सिविटारमा एक कार्यक्रम सम्पन्न भयाे। तीनधारे चियाबारीमा मुख्य संयोजकका रुपमा युवराज प्रधान र कोषाध्यक्ष सुकवीर राईलाई चयन गरियाे। यसैगरी, सह संयोजकहरु र सल्लाहकारहरु गरी 42 जनाको बुथ स्तरीय कमिटी गठन गरिएको छ।

त्यसरी नै बुथ नम्बर 260 सिविटारमा उत्तम छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भयाे। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सचिव बसन्त राईले सम्बाेधन गरेका थिए।

सभामा मुख्य संयोजकको रूपमा सदीप राई र राजेन्द्र प्रधानलाई कोषाध्यक्ष चयन गरियाे। यसरी नै हरेक गाउँबाट शहर संयोजकहरु, सल्लाहकारहरु र कार्यकारी सदस्यहरु चयन गरिएका छन्। सभामा सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा महकुमा सदस्य सञ्जीव लामा लगायत अन्यहरु उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande