
कोलकाता, 16 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आइतवार पुजारी तथा मुअज्जिनहरूको मासिक मानदेयमा 5 सय रुपियाँ वृद्धि गर्ने घोषणा गरिन्। उनले सोशल मीडिया मञ्च एक्समा जारी एउटा पोस्टको माध्यमबाट सो जानकारी गराएकी हुन्।
मुख्यमन्त्रीले बताइन्, यस वृद्धिपछि अब पुजारी तथा मुअज्जिनहरूले प्रत्येक महिना दुई हजार रुपियाँ मानदेय पाउनेछन्। उनले भनिन्, यी मानिसहरूको सेवाले समाजको आध्यात्मिक औ सामाजिक जीवनलाई कायम राख्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
मुख्यमन्त्रीले यो पनि भनिन्, पुजारी तथा मुअज्जिनहरूको पक्षबाट नयाँ आवेदन विधिवत रूपमा जमा गरिएको थियो जसलाई राज्य सरकारले स्वीकृति दिसकेको छ।
ममता ब्यनर्जीले आफ्नो सन्देशमा भनिन्, राज्य सरकार यस्तो वातावरण दिनको लागि प्रतिबद्ध छ जहाँ हरेक समुदाय तथा हरेक परम्पराको सम्मान अनि संरक्षण होस्। उनले भनिन्, समाजको आध्यात्मिक धरोहरका संरक्षकहरूलाई उचित पहिचान र सहयोग दिन सरकार प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा