विधानसभा चुनाउ घोषणा हुनअघि राज्यका 27 जना इन्स्पेक्टरहरूको स्थानान्तरण
विधानसभा चुनाउ घोषणा हुनअघि राज्यका 27 जना इन्स्पेक्टरहरूको स्थानान्तरण


कोलकाता, 15 मार्च (हि. स.)। विधानसभा चुनाउको मिति घोषणा हुनअघि पश्चिम बंगाल पुलिसले फेरि एकपटक व्यापक रूपमा फेरबदल गरेको छ। यस चरणमा भने 27 जना इन्स्पेक्टरहरूलाई स्थानान्तरण गरिएको छ।

जारी सूची अनुसार डायमण्ड हार्बर पुलिस जिल्लाका दुई जना इन्स्पेक्टरहरूलाई पनि स्थानान्तरण गरिएको छ जसमध्ये डायमण्ड हार्बरका पुलिस इन्स्पेक्टर शिबू दासलाई बीरभूम जिल्लाको रामपुरहाट थानाको आईसी बनाइएको छ भने डायमण्ड हार्बरमा इन्स्पेक्टर पदमा निरुपम मण्डललाई नियुक्त गरिएको छ जो अहिलेसम्म सोही पुलिस जिल्लाको नोदाखाली थानाका आईसी थिए।

यस अतिरिक्त राज्यको गुप्तचर विभागमा तथा सीआईडी र आईबीमा इन्स्पेक्टर स्तरमा पनि फेरबदल गरिएको छ। आईबीका इन्स्पेक्टर सुसिम गांगुलीलाई नोदाखाली थानाको आईसी बनाइएको छ भने यस पदमा अनुप मण्डललाई नियुक्त गरिएकोछ। यता सीआईडीका इन्स्पेक्टर सुदीप्त चक्रवर्तीलाई श्रीरामपुर थानाको आईसी बनाइएको छ भने उनको स्थानमा सञ्जीव चक्रवर्तीलाई नियुक्त गरिएको छ।

राज्य पुलिसले दार्जीलिङ, जलपाईगुड़ी, पूर्व बर्दवान, अलिपुरद्वार, दक्षिण दिनाजपुर, पश्चिम मेदिनीपुर, बारुईपुर पुलिस जिल्ला, मालदा, बीरभूम औ रानाघाट पुलिस जिल्ला सहित अन्य कतिपय जिल्लाहरूमा पनि इन्स्पेक्टर स्तरमा स्थानान्तरण गरेको छ।

स्मरण गराइन्छ, आइतवार साँझ चुनाउ आयोगले विधानसभा चुनाउको मिति घोषणा गर्नसक्छ। त्यसअघि पुलिस विभागमा यो फेरबदल गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande