विश्व उपभोक्ता अधिकार दिवसमा नवीन पटनायकले उपभोक्ता जागरूकतामाथि बल दिए
विश्व उपभोक्ता अधिकार दिवसमा नवीन पटनायकले उपभोक्ता जागरूकतामाथि बल दिए


भुवनेश्वर, 15 मार्च (हि.स.)। ओडिशा विधानसभामा नेता प्रतिपक्ष नवीन पटनायकले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता अधिकार एवं जागरूकताको महत्वमाथि बल दिए।

उनले भने, एक न्यायपूर्ण समाजको निर्माणार्थ न्यायसंगत औ पारदर्शी बजार व्यवस्था हुन अत्यन्त आवश्यक छ। सोशल मीडियामा उनले आफ्नो सन्देशमा लेखे, “न्यायपूर्ण समाजको लागि एक न्यायसंगत बजार हुन आवश्यक छ। हरेक उपभोक्ताले सुरक्षा, विकल्प, जानकारी औ आफ्नो आवाजको अधिकार पाउनुपर्छ।”

पटनायकले मानिसहरूसित अपील गरे, उपभोक्ता जागरूकतालाई बढ़ाइयोस् ताकि उपभोक्ताहरूले यस्तो उत्पाद तथा सेवालाई चयन गर्न सकुन् जसले पर्यावरणको सुरक्षा गर्नको साथै हाम्रो सामूहिक भविष्यलाई सुरक्षित बनाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande