जाति प्रमाण पत्रको लागि 2.5 लाख रुपियाँ घूस लिँदै गर्दा महिला अधिकारी पक्राउ
जाति प्रमाण पत्रको लागि 2.5 लाख रुपियाँ घूस लिँदै गर्दा महिला अधिकारी पक्राउ


मुम्बई, 15 मार्च (हि.स.)। महाराष्ट्रको ठाणे जिल्लामा एन्टी-करप्शन ब्यूरो (एसीबी)- को टीमले महिला डिप्टी डाइरेक्टरलाई 2.5 लाख रुपियाँ घूस लिएको आरोपमा पक्राउ गरेको छ।

कोंकण डिभीजनको शेड्यूल्ड ट्राइब सर्टिफिकेट भेरिफिकेशन कमिटीकी डिप्टी डाइरेक्टर मीनाक्षी उन्हालेलाई जाति प्रमाण पत्रको लागि सर्टिफिकेट भेरिफिकेशन फाइललाई स्वीकृति दिएको सट्टामा 2.5 लाख रुपियाँ घूस लिएको आरोपमा पक्राउ गरिएको हो।

एसीबीकी पुलिस उपायुक्त सरिता भोसलेले आइतवार बताइन्, रायगढ़ जिल्लाको महाड़ खण्डमा एकजना सिकायतकर्ताले आफ्नी छोरीक डी.एड. कोर्समा एडमिशन औ आफ्नी पत्नीको नोकरीको लागि जाति प्रमाण पत्र बनाउनको लागि आवेदन गरेका थिए।

यो आवेदन सिकायतकर्ताले ठाणे शहरको चराईस्थित कोंकण डिभीजनको शेड्यूल्ड ट्राइब सर्टिफिकेट भेरिफिकेशन कमिटीको अफिसमा अनलाइन र स्वयं गएर जमा गराएका थिए। डिप्टी डायरेक्टर मीनाक्षी उन्हालेले आवेदनलाई स्वीकृति दिनको लागि 2.5 लाख रुपिाँ घूस मागेकी थिइन्। त्यसपछि सिकायतकर्ताले गत 12 फरवरीमा एसीबीको रायगढ़ डिभीजन कार्यालयमा सिकायत गरेका थिए। त्यसपछि एसीबीको टीमले मामिलाको अनुसन्दान गरी तथा ठाणेस्थित जाति प्रमाण पत्र कार्यालमा धराप थापेर डिप्टी डाइरेक्टर मीनाक्षी उन्हालेलाई पक्राउ गरेको छ। एसीबीले मीनाक्षीबाट 2.5 लाख रुपियाँ पनि जफत गरेको छ। यस मामिलामा अग्रिम कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande