
मेदिनीपुर, 15 मार्च (हि. स.)। आगामी विधानसभा चुनाउलाई लिएर पाँशकुड़ा पश्चिम विधानसभा क्षेत्रमा तृणमूल कंग्रेसभित्र गुटबाजी बढ़्दै गइरहेको छ। यस क्षेत्रलाई पार्टीको ‘म्याच विनिंग’ क्षेत्र मानिन्छ, तर चुनाउपूर्व वरिष्ठ नेताहरूको पद र प्रभावलाई लिएर मतभेद उत्पन्न भएको छ।
सूत्र अनुसार वर्ष २०११ पछि पहिलो पटक पूर्व विधायक सौमेन महापात्र र उनकी पत्नी सुमना महापात्र यस चुनाउमा सक्रिय भएका छैनन्। हालैमा नगरपालिका अध्यक्ष पदबाट नन्दकुमार मिश्रलाई पदच्युत गरेको कारणले उनका समर्थकहरूमा असन्तोष फैलिएको छ।
पछिल्लो लोकसभा चुनाउमा पाँशकुड़ा पश्चिम विधानसभा क्षेत्रमा भाजपाले तृणमूललाई पछि पारेको थियो। नगर क्षेत्रमा तृणमूलले केही बढ़त बनाए पनि ब्लक स्तरमा पार्टी कमजोर भयो। राजनीतिक विश्लेषकहरूको भनाइ छ, यस गुटबन्दीको प्रभाव आगामी विधानसभा चुनाउमा पर्नसक्छ।
गुप्त सूत्र अनुसार “यदि पार्टी एकजुट भएन भने पुराना समर्थकहरूले केही वार्डहरूमा भोट शेयरलाई घटाउन सक्छन्।”
आइतवार बिहान भाजपाका एकजना स्थानीय नेताले भने, तृणमूलको आन्तरिक मतभेदले हामीलाई फाइदा हुनसक्छ। हामी पूर्ण संगठनको साथमा चुनाउ लड़्न तयार छौं र जनतालाई श्रेष्ठ विकल्प दिनेछौं।
तृणमूलका नेताहरूको भनाइ छ, पार्टी कार्यकर्ताहरू चुनाउमा एकजुट भएर लड़्नेछन्। तृणमूलका वरिष्ठ नेताहरूले यसलाई ‘पारिवारिक मतभेद’ मानेर चुनाउमा सहयोग सुनिश्चित गर्ने भरोसा दिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा