
गान्तोक, 15 मार्च (हि.स.)। गान्ताेक जिल्ला प्रशासनिक केन्द्रको पहलमा र २४ आवर्स इन्स्पायर्डद्वारा एमजी मार्गमा 13 मार्चदेखि आयोजना गरिएको तीन दिवसीय सिक्किम पुस्तक मेलाको तेस्रो संस्करण आज सम्पन्न भयो। समापन समाराेहमा शिक्षा विभागका प्रधान सचिव सन्दीप ताम्बेले मुख्य अतिथिका रूपमा उपस्थित थिए।
मुख्य अतिथि ताम्बेले कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रशासनिक केन्द्रप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता पहलहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए। उनले गहन ज्ञान प्राप्त गर्ने र व्यक्तिहरूलाई अझ रचनात्मक बनाउने माध्यमको रूपमा पठनको महत्त्वमा जोड दिए। आफ्नो अनुभव साझा गर्दै उनले भने, पठनले मानिसहरूलाई आफ्नो कोठा नछोडिकन यात्रा गर्न सक्षम बनाउँछ। पठनले व्यक्तिहरूलाई बुद्धिमान दिमागसँग संलग्न हुन मद्दत गर्दछ, उनीहरूको चरित्रलाई आकार दिन्छ, र उनीहरूलाई तीखो र थप स्पष्ट बनाउँछ। उनले महान नेताहरू पनि महान पाठक हुन् भन्दै व्यक्तिगत विकासमा योगदान पुर्याउने मञ्चको प्रशंसा गरे।
जिल्लापाल तुषार निखारेले प्रतियाेगितामा विजेताहरूलाई बधाई दिए।उनले मेलामा स्थानीय मानिसहरूले बुक स्टल भ्रमण गरेकाेमा खुशी व्यक्त गर्दै पठनमा रूची समाजकाे लागि सकारात्कम संकेत रहेकाे बताए। उनले पुस्तक मेला आयाेजक र प्रायाेजकहरूलाई पनि रचनात्मक सामाजिक पहलका लागि याेगदान दिएकाेमा आभार प्रकट गरे।
कार्यक्रममा विद्यालय र महाविद्यालय वर्गकाे कविता वाचन प्रतियाेगिताका विजेताहरूलाई पुरस्कत गरियाे।
हिन्दुस्थान समाचार / बिशाल