
सिलगढ़ी, 15 मार्च (हि. स.)। कोलकातामा आयोजित ब्रिगेड सभाबाट फर्किरहेका भाजपा कार्यकर्ता तथा समर्थकहरूले भरिएको स्पेशल ट्रेनमा ढुङ्गामुड़ा भएको आरोपलाई लिएर सिलगढ़ीमा आइतवार तनाउ सृजना भयो। घटना सिलढ़ी नगरनिगमको वार्ड नम्बर-7स्थित कोइला डिपो क्षेत्रमा भएको हो।
स्थानीय सूत्र अनुसार अलिपुरद्वार जाने विशेष ट्रेन कोइला डिपो क्षेत्रमा लगभग दश मिनटसम्म रोकिएको थियो। स्थानीय मानिसहरूको आरोप छ, ट्रेन सवार केही भाजपा कार्यकर्ता तथा समर्थकहरूले क्षेत्रका मानिसहरू तर्फ अशोभनीय इशारा गरे जसले गर्दा स्थिति बिग्रियो।
आरोप छ, त्यसपछि स्थानीय मानिसहरूले ट्रेनमा ढुङ्गामुड़ा गर्न शुरू गरे। घटनाको सूचना पाएर जीआरपी र सिलगढ़ी थानाको पुलिस तुरून्तै घटनास्थलमा पुग्यो। पुलिसको हस्तक्षेपले स्थिति नियन्त्रित भयो। ट्रेनलाई उसको गन्तव्य तर्फ प्रस्थान गराइयो। तथापि यस घटनाको कारणले ट्रेनमा सवार यात्रीहरूमा भय व्याप्त भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा