मतुआ धर्म मेलाको अमित शाहले दिए शुभकामना, हरिचन्द ठाकुरका आदर्शलाई बताए मार्गदर्शक
amit shah


नयाँ दिल्ली, १६ मार्च (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले मतुआ समुदायलाई मतुआ धर्म मेलाको अवसरमा शुभकामना दिएका छन्। यो मेला पूर्ण ब्रह्म हरिचन्द ठाकुरको २१५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो।

केन्द्रिय गृहमन्त्री शाहले एक्समार्फत भनेका छन्, पूर्ण ब्रह्म श्री श्री हरिचन्द ठाकुर एक दिव्य आत्मा थिए। उनले भारतीय ज्ञान परम्पराको गहिराइलाई बुझ्दै भक्ति, समानता र नैतिक जीवनका सिद्धान्तहरू समाजका अगाडि प्रस्तुत गरेका थिए।

उनले भने, यी सिद्धान्तहरू आज पनि समाजका लागि मार्गदर्शक बनेका छन्। सन् २०२६ मा नर्थ २४ परगनामा आयोजना भइरहेको मतुआ धर्म मेलाले यी मूल्यहरूप्रति समाजको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande