हरियाणामा राज्य सभाको एक सिट भाजपालाई र एक कांग्रेसलाई प्राप्त
राज्य सभा चुनाउ


चण्डीगढ, १७ मार्च (हि.स.)। हरियाणामा राज्य सभाका दुई सिटका लागि भएको मतदानपछि मंगलबार बिहान लगभग २.४५ बजी घोषित परिणामअनुसार एक सिटमा भारतीय जनता पार्टीका संजय भाटिया र अर्को सिटमा कांग्रेसका कर्मवीर बौद्ध निर्वाचित भएका छन्। सोमबार दिनभरको नाटकीय घटनाक्रमपछि भएको मतदानपछि लगभग ११ घण्टासम्म मतगणनामा तीव्र विवाद चल्यो।

सोमबार साँझ ४ बजीसम्म भएको मतदानका क्रममा जम्मा ९० मध्ये ८८ विधायकले मत दिए। इन्डियन नेशनल लोकदलका दुवै विधायक अर्जुन चौटाला र आदित्य देवीलालले मतदान गरेनन्। विधायक संख्याको आधारमा भाजपाका संजय भाटियाको निर्वाचित हुनु पहिलेनै निश्चित मानिएको थियो। सोमबार साँझ ५ बजी मतगणना शुरु हुनु अघि भाजपाले टोहाना क्षेत्रमा रहेका विधायक परमवीर सिंह र ऐलनाबादका विधायक भरत सिंह बेनीवालको मतमाथि आपत्ति दर्ज गराएर निर्वाचन आयोगमा गुनासो दर्ता गरायो। त्यस्तै, कांग्रेसले मन्त्री अनिल विजको मतमाथि आफ्नो आपत्ति दर्ज गरायो।

विवाद बढ्न थालेपछि राति लगभग ९.३० बजी कांग्रेसको एक शिष्टमण्डल केन्द्रिय निर्वाचन आयोग कार्यालयमा पुगी गुनासो दर्ता गरायो। राति लगभग ११.३० बजी कांग्रेस विधायक परमवीर सिंहको मत रद्द घोषित गरियो भने भरत सिंह बेनीवाल र अनिल विजको मतलाई वैध घोषणा गरियो। यसपछि मतगणनाका आदेश दिएर मतगणना सम्पन्न गरियो।मतगणनाको क्रममा पनि बेलाबेला कांग्रेस र भाजपा नेताहरूबीच धेरै तीव्र तर्क-विवाद भयो। मतगणनाको अनुसार कांग्रेसका ५ विधायकले क्रस भोटिङ गरे, जबकि जम्मा ५ मत रद्द भए। यसमध्ये एक मत भाजपाकै रह्यो। यस हिसाबले ८८ (डालिएका मत) ५ (रद्द मत) = ८३ (वैध मत) बन्यो, जसको कुल मत मूल्य ८३०० थियो। यसअनुसार चुनाउ जित्न एक उम्मेदवारलाई २७६६.६६ कोटा मतको आवश्यकता थियो।

संजय भाटियालाई २७६६.६६, कर्मवीर बौद्धलाई २८०० र स्वतन्त्र उम्मेदवार सतीश नान्डाललाई २७३३.३३ मत मूल्य प्राप्त भयो। यसो हुँदा कर्मवीर बौद्धले स्वतन्त्र उम्मेदवार सतीश नान्डाललाई ०.३३ मत मूल्यले पराजित गरे। अहिलेसम्म चुनाउ अधिकृत द्वारा औपचारिक रूपमा जीतको घोषणा भने भएको छैन।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande