
चण्डीगढ, १७ मार्च (हि.स.)। हरियाणाबाट राज्यसभामा जाने भाजपाका नेता संजय भाटिया लामो समयदेखि भाजपाको संगठनमा सक्रिय पदहरूमा रहेका छन्। हरियाणा भाजपामा युवा मोर्चादेखि लिएर पार्टीका विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्दै वर्तमानमा संजय भाटिया पश्चिम बंगालमा आगामी विधानसभा चुनाउको काम हेरिरहेका छन्।पानीपतमा २९ जुलाई, १९६७ मा जन्मेका संजय भाटियाले छात्र जीवनबाट नै भारतीय जनता पार्टी (भाजपा) को छात्र संगठन अखिल भारत विद्यार्थी परिषदसँग जोडिएर संगठनात्मक कार्य शुरू गरेका थिए। उनको राजनीतिक जीवन १९८० को दशकमा शचरु भयो, जब उनी १९८७ मा मण्डल महासचिव बने र १९८९ मा मण्डल अध्यक्षको पद सम्हाले।त्यसपछि उनले भारतीय जनता युवा मोर्चामा महत्वपूर्ण भूमिका निभाए। जिल्ला महासचिव, जिल्ला अध्यक्ष र १९९८ मा राज्य महासचिवसम्मको सफर तय गरे। २००१ मा उनलाई नगर परिषदको अध्यक्ष बनाइयो, जुन उनको लोकप्रियताको र संगठनमा सक्रियताको प्रमाण थियो।
भाजपामा उनी मण्डल अध्यक्ष, जिल्ला महासचिव, जिल्ला अध्यक्ष, स्थानीय निकाय प्रकोष्ठका राज्य संयोजक र किसान मोर्चाका राज्य कार्यकारिणी सदस्य जस्ता पदहरूमा रहे। २०१५ देखि २०२१ सम्म उनी हरियाणा भाजपाका राज्य महासचिव रहे र हरियाणा खादी तथा ग्रामोद्योग बोर्डका पूर्व अध्यक्षको रूपमा ग्रामीण विकास र स्वरोजगारलाई बढावा दिनमा योगदान दिए।
उनको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि २०१९ को लोकसभा चुनाउमा भयो, जहाँ उनी पहिलोपटक चुनाउ लड्दै करनाल लोकसभा सिटबाट भाजपाको टिकटमा ठूलो बहुमतले विजयी भए। २०२४ मा उनले पार्टीको निर्णयको सम्मान गर्दै सिट छोडिदिए र संगठनात्मक जिम्मेवारी निभाए, जसमा हरियाणा विधानसभा चुनाउमा महत्वपूर्ण भूमिका थियो। हालै भाजपाले उनलाई राज्यसभाका लागि प्रत्याशी बनायो र उन आज चुनाउ जितेर राज्यसभामा पुगेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी