मित्रता सम्पन्न, गौरव गोगोईलाई अखिल गोगोईले मुख्यमन्त्री पदको दाबेदार घोषणा गरे
मित्रता सम्पन्न, गौरव गोगोईलाई अखिल गोगोईले मुख्यमन्त्री पदको दाबेदार घोषणा गरे


गुवाहाटी, 20 मार्च (हि.स.)। असम विधानसभा चुनाउ- 2026 सित सम्बन्धित एक महत्वपूर्ण राजनीतिक घटनाक्रममा कंग्रेस नेता गौरव गोगोईले शुक्रवार औपचारिक रूपम गठबन्धनको घोषणा गरे। यस अवसरमा राइजर दलका अध्यक्ष अखिल गोगोईले गौरव गोगोईलाई मुख्यमन्त्री पदको दाबेदार घोषणा गरे।

मीडियासित बातचित गर्दै गौरव गोगोईले अखिल गोगोईलाई सम्भावित गठबन्धन सरकारका “मुख्य सेनापति” बताउँदै उनको नेतृत्व क्षमतामाथि भरोसा व्यक्त गरे। उनले भने, यो गठबन्धन आगामी चुनाउमा सत्तासिन पक्षलाई चुनौती दिनको लागि एकजुट भएर मैदानमा उत्रिनेछ।

यो घोषणाले राज्यको राजनीतिमा विपक्षी दलहरूबीच एउटा ठूलो रणनीतिक तालमेलको संकेत दिन्छ। दुवै नेताहरूले धरातलीय स्तरमा मजबुत समन्वय तथा जनसमर्थन जुटाउनेमाथि बल दिए।

सीट बाँड़फाँड़ अनि संयुक्त चुनाउ अभियानको विस्तृत रूपरेखा आगामी दिनमा घोषणा गरिने सम्भावना छ।

उल्लेखनीय छ, पछिल्लो लामो समयदेखिको गौरव गोगोई र अखिल गोगोईबीच गठबन्धनलाी लिएर चर्चाको बजार तातिएको थियो। यसबीच कंग्रेसले आफ्नो उम्मेद्वारको पहिलो सूची जारी गर्दा अखिल गोगोई रूष्ट भए। अखिलले पनि आफ्नो उम्मेद्वारको नाम घोषणा गर्न शुरू गरे, तर बीच-बीचमा दुवै दलले गठबन्धनका कुराहरू पनि पर्दा पछाड़ि गर्दै आइरहेका थिए। अन्ततः गठबन्धन सम्भव भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande