तृणमूल प्रत्याशी शंकर मालाकारले चिया श्रमिकहरूसित भेट गरी समर्थन मागे
तृणमूल प्रत्याशी शंकर मालाकारले चिया श्रमिकहरूसित भेट गरी समर्थन मागे


सिलगढ़ी, 20 मार्च (हि.स.)। सिलगढ़ीका तृणमूल प्रत्याशी शंकर मालाकारले शुक्रवार नक्सलबाड़ीको मांझा चिया बगानमा जनसम्पर्क गरे। यस अवधि जिल्ला चेयरम्यान, महकुमा परिषदका सभाधिपति अरुण घोष तथा तृणमूल श्रमिक अध्यक्ष निर्जल दे पनि उपस्थित थिए। उनले चिया बगानका श्रमिकहरूको माझमा गएर आफ्नो निम्ति समर्थन मागे।

शंकर मालाकारले भने, ममता ब्यनर्जी सरकारका विकास योजनाहरू बूथ स्तरसम्म पुगिसकेका छन्। पछिल्लो 15 वर्षमा मुख्यमन्त्रीले चिया बगान क्षेत्रहरूमा धेरैवटा विकास कार्यहरू गरेकी छन्। यसै उपलब्धिहरूको आधारमा उनले जनतासित समर्थन मागिरहेका छन्।

अ्र्कोतिर उनले भाजपामाथि आरोप लगाउँदै भने, उनीहरूले मानिसहरूलाई धोका दिने तथा समाजमा विभाजनको राजनीति गरिरहेका छन्। त्यसैले यसपालि जनता तृणमूलको पक्षमा छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande