आरजी कर अस्पतालको लिफ्टमा फसेर व्यक्तिको मृत्यु, विरोध प्रदर्शन
आरजी कर अस्पतालको लिफ्टमा फसेर व्यक्तिको मृत्यु, विरोध प्रदर्शन


कोलकाता, 20 मार्च (हि.स.)। कोलकाताको सरकारी आरजी कर अस्पतालमा शुक्रवार लिफ्टमा फसेर एकजना व्यक्तिको मृत्यु भयो। घटनापछि मृतकको परिवारजनले अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै अस्पताल प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगायो।

मृतकको पहचान अरूप बन्द्योपाध्यायको रूपमा भएको छ जो कोलकाताको उत्तरी उपनगर दमदमका निवासी थिए। जानकारी अनुसार उनको छोरा अस्पतालको ट्रमा केयर सेन्टरमा भर्ती छ।

भनिन्छ, शुक्रवार बिहान अरूप बन्द्योपाध्याय आफ्नो छोरालाई भेट्न ट्रमा केयर सेन्टर गइरहेका थिए जुन अस्पतालको एउटा भवनको पाँचौ तलामा अवस्थित छ। यसै अवधि उनी लिफ्टमा फसिए। परिवारजनको आरोप छ, लिफ्ट बीचमै अड़्किएर उनी लगभग एक घण्टासम्म त्यहाँ फसे।

परिवारको भनाइ छ, घटना घट्दा त्यहाँ लिफ्ट संचालक थिएन न त अस्पतालको कुनै कर्मचारी नै समयमा मद्दत गर्न त्यहाँ पुगे। आरोप छ, समयमा मद्दत पाएको भए सायद उनको ज्यान बच्न सक्थ्यो।

घटनापछि अस्पताल प्रशासनले भनेको छ, मामिलाको जाँच गराइनेछ। सबै सिकायतहरूमाथि उचित कारबाही गरिनेछ। तथापि यो समाचार लेखुञ्जेलसम्म अस्पताल पक्षबाट मृत्युको कारण बारे कुनै आधिकारिक बयान जारी गरिएको थिएन।

घटनाको सूचना पाउनसाथ स्थानीय थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो। पुलिसले परिवारलाई सम्झाएर अस्पताल परिसरबाट हटाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande