
मालदा, 25 मार्च (हि.स.)। 2026 को विधानसभा चुनाउअघि जिल्लाको सामसी क्षेत्रको चञ्चल थाना पुलिसले ठूलो सफलता हासिल गरेको छ। बिहारको सिमानामा रहेको नरकटिया क्षेत्रमा चेकपोस्टको क्रममा पुलिसले तीन वटा अवैध हतियार सहित पाँच अपराधीलाई पक्राउ गर्यो।
मालदाका पुलिस अधीक्षक अनुपम सिंहले बुधवार पत्रकार सम्मेलनमा यो घोषणा गरे।
उनले अभियुक्तहरूबाट दुई वटा पाइप गन र 7 एमएमको पेस्तोल जफत भएको बताए। मोहम्मद रियाजुल र गणेश महालदार लगायत पक्रा परेका पाँचै जना बिहारका बासिन्दा बताइएका छन्। यस घटनाले राजनीतिक वातावरणलाई तातो बनाएको छ।
तृणमूल कांग्रेसले बिहारबाट अपराधीहरू ल्याएर भाजपाले चुनाउपछि हिंसा भड्काउने र बुथ कब्जा गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ।
भाजपाले तृणमूल कांग्रेसले मतदाताहरूलाई प्रभावित पार्न डरको वातावरण सिर्जना गरिरहेको आरोप लगाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी