
खरसाङ, 25 मार्च (हि.स.)। सभासद श्याम शेर्पाको पहलमा आज खरसाङ नगरपालिका भवनमा 1 देखि 20 नम्बर वार्डका सम्पूर्ण बीएलओ अनि बीएलएहरूलाई सम्बर्द्धना जनाइएको छ। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद शेर्पाद्वारा सबैलाई सम्बर्ध्दना जनाइयो।
सभासद श्याम शेर्पाले सबै बीएलओ अनि बीएलएहरूलाई उनीहरूले गरेकस कार्यको निम्ति धन्यवाद दिए। बीएलओहरूले पनि एसआईआरको समयमा भएका असुविधाहरूबारे विवरण दिएका थिए। कार्यक्रमलाई सभासद श्याम शेर्पा र खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले सम्बोधन गरे।
कार्यक्रममा उपस्थित अतिथिहरुकाे बहुलीबाट सबै बीएलओ र वीएलएहरुलाई खदार्पणसहित उपहार प्रदान गरेर सम्बर्द्धना जनाइयो।
हिन्दुस्थान समाचार / हनोक