
खरसाङ, 25 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को खरसाङ विधानसभा समष्टिका उम्मेदवार सोनाम लामाको पक्षमा आइतवार खरसाङमा चुनाउ कार्यालय उद्घाटन गरिएको छ। खरसाङको धोबीखोला क्षेत्रमा कार्यालय उद्घाटन गरिएको छ। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, भाजपा उम्मेदवार सोनाम लामा आदि उपस्थित थिए।
चुनावी कार्यालय उद्घाटनपछि उम्मेदवार सोनाम लामाको पक्षमा खरसाङको धोबीखोला क्षेत्रदेखि पथयात्रा आयोजना गरियो, जुन खरसाङको मोटर स्ट्याण्ड हुँदै हिर्ट कार्ट रोड भएर सभा स्थलसम्म पुग्यो। यसावधि सांसद, जिल्ला अध्यक्ष, दार्जिलिङका विधायक निरज जिम्बा, रमेश अग्रवाल लगायत अन्यहरुले खरसाङ बजारमा भाजपा उम्मेदवर सोनाम लामाको पक्षमा जनतालाई भोट गर्न अपील गरे।
पथयात्रापछि खरसाङको एक होटलमा पार्टीको चुनावी सभा सम्पन्न भयो। चुनावी सभामा भाजपाको गठबन्धन दल गोर्खा जनमुक्ति मोर्चाका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। यस चुनावी सभालाई दार्जिलिङक सांसद राजु विष्ट र उम्मेरवार सोनाम लामाले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनका क्रममा उम्मेदवार लामा भावुक देखिएका थिए।
हिन्दुस्थान समाचार / हनोक