यसपाली पश्चिम बंगाल र पहाडमा परिवर्तनको लहर चलेको छ: राजु विष्ट
सांसद राजु विष्ट


खरसाङ, 25 मार्च (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टले यसपाली खरसाङकै भूमिपुत्र सोनाम लामाले टिकट पाएको र उनी भाजपाको मात्र नभई सबै गठबन्धन दलकहरुका उम्मेदवार रहेको र सम्पूर्ण गोर्खाहरुको भावी विधायक रहेको बताएका छन्। खरसाङमा भाजपाको चुनावी सभालाई सम्बोधन गर्दै सांसदले उक्त कुरा भने।

सांसद विष्टले भने, यति लामो समयसम्म भाजपालाई विश्वास गरेकोमा पहाडका जनतालाई धन्यवाद दिन चाहन्छु। यसका लागि जनताप्रति ऋणि छु। मलाई विश्वास छ यसपाली पहाडका तीनैवटा आसनमा भाजपा उम्मेदवारहरुले सजिलै जित्नेछ। यसपाली गोर्खाहरुको इतिहास लेखिॅंदछ, पहाडका तीनवटा र तराई डुवर्सका गरेर जम्मा 5 जना गोर्खा विधायकहरु पश्चिम बंगालको विधानसभामा जानेछन्। गोर्खाहरुले पहिलोपटक यस्तो इतिहास लेख्नेछन्।'

सांसद राजु विष्टले इन्टरलोक्युटर विषयमा बोल्दै भने, इन्टरलोक्युटरलई सबैले खिल्ली उडाए, तर भारत सरकारले इन्टरलोक्युटरलाई आधिकारिक रूपमा नियुक्त गरेको छ। यसले यो प्रमाणित गरेको छ कि भाजपाको सरकार पहाड तराई डुवर्सप्रति इमान्दार छ भनेर।' उनले यसपाली पहाड तराई डुवर्सको स्थायी राजनीतिक समाधान आगामी छ महिनाभित्र हुने ठोकुवा गरे।

उनले भने, मैले त्यसैको लागि राजनीति गरेको हो। मैले पैसा कमाउन राजनीति गरेको होइन। मेरो राजनीतिक मिशन अनित थापाको जस्तो कमिशनको राजनीति होइन।' सांसद राजु विष्टले अझ भने, यो साल पश्चिम बंगालमा परिवर्तनको लहर छ। बंगाल र पहाडको जनताले पनि संकल्प गरेको छ कि 2026 मा तृणमूल र बीजीपीएमबाट मुक्ति पाउनेवाला छ। 2026 मा भ्रष्टाचारबाट पनि मुक्ति पाउनेछ र गुण्डाराजबाट पनि मुक्ति पाउनेछ। बंगाल र पहाडमा ममता दिदीको होइन तर भारत सरकारको कानुन लागू हुनेछ।'

सांसद विष्टले अझ भने, पहाडलाई पुनः समृद्ध बनाउन हाम्रो संकल्प छ। पहाडको गरिमा पुनः स्थापना गर्ने हाम्रो संकल्प छ, जुन 2026 मा पूरा हुने भएको छ। हाम्रो सरकार बनिन्दा हाम्रो केन्द्रबिन्दुमा युवाहरु हुनेछन्। किनभने युवाहरु सबै रोजगारको खोजीमा पलायन भएका छन्।'

सांसद विष्टले चियाबारी विषयमा बोल्दै भने, चियाबारी बिजोक अवस्थामा छ। भारत सरकारले निम्नत्तम रोजगार बनायो, तर पश्चिम बंगालमा लागू भएन। सरकार बनेको तीन महिनामा नयाँ श्रम कानून लागू गर्नेछौँ र कम्तीमा 300 रुपियाँ हाजिरा हुनेछ।' सांसद राजु विष्टले खरसाङको लागि अमृत 2.0 जल परियोजनाकोे लागि 210 करोड रुपियाँ आएको बताउँदै जीटीएमा केही काम भएको छैन। यहाँ भएको भनेको केवल केन्द्र सरकारबाट आएको रकमले विकास भएको दावी गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande