भागोप्रमो 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको सांगठनिक सभा सम्पन्न
बीजीपीएम बैठक


खरसाङ, 25 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको सांगठनिक सभा आज समष्टीकै अध्यक्ष प्रेमेन्द्र गुरुङको अध्यक्षतामा खरसाङको पार्टी कार्यालयमा सभा सम्पन्न गरिएको छ। सभालाई भागोप्रमो केन्द्रिय समितिका उपाध्यक्ष सुबास प्रधान, केन्द्रिय सदस्य लक्ष्मण राईले सम्बोधन गरेका थिए।

सभामा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 11 देखि 20 सम्मका एवं करवीर र स्प्रीङ साइड ग्रामका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा आगामी 1 अप्रेलको दिन भागोप्रमो पार्टीका उम्मेदवार अमर लामाको नामांकन भर्ने दिन 29 नम्बर समष्टीबाट व्यापक जनसमर्थक ल्याउनु पर्ने जानकारी गराइयो। आगामी रामनवमी र पहिलो वैशाख पनि भव्य रूपमा पालन गरिने बताउॅंदै उक्त शोभा यात्राहरूमा व्यापक रूपमा उपस्थितिको लागि आह्वान गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande