
गान्तोक, 25 मार्च (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पा र उपाध्यक्ष राजकुमारी थापाले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। उक्त भेट भोलि, 26 मार्चका दिन आयोजित हुने विधानसभा सत्र अघि गरिएको लोकभवनले बताएको छ।
यस अवसरमा राज्यपाल र प्रतिनिधिमण्डलबीच सत्रको तयारी एवं अन्य विषयहरूमाथि चर्चा भयो। राज्यपालले आमन्त्रण स्वीकार गर्दै आगामी विधानसभा सत्रका लागि आफ्नो शुभकामना व्यक्त गरे।
यस अवधि विधानसभा सचिवालयका सचिव ललित कुमार गुरुङ, प्रधान निदेशक कर्म छिरिङ ग्याछो भोटिया र अध्यक्षका निजी सचिव आदर्श छेत्री पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल