गोसाई गाउँमा भयानक सड़क दुर्घटना, एक जनाको मृत्यु, धेरै जना घाइते
गोसाई गाउँमा भयानक सड़क दुर्घटना, एक जनाको मृत्यु, धेरै जना घाइते


कोकराझार (असम), 26 मार्च (हि.स.)। गोसाईगाउँको कचु गाउँ क्षेत्रमा गए राती भएको एक भीषण सड़क दुर्घटनामा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अन्य धेरैजना यात्रीहरू घाइते भए।

प्राप्त जानकारी अनुसार विवाहको ‘आठ मंगला’ कार्यक्रममा सामेल भएर फर्किरहेको वाहन ट्रकसित ठोक्कियो। यस भयानक ठक्करमा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

घटनामा घाइते भएका मानिसहरूलाई तुरून्तै नजिकैको अस्पतालमा भर्ती गरियो जहाँ उनीहरूको उपचार भइरहेको छ। घाइतेहरूको वर्तमान स्थितिबारे हाल कुनै जानकारी प्राप्त भएको छैन।

सूचना पाउनसाथ घटनास्थलमा पुगेर पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande