
जलपाईगुड़ी, 26 मार्च (हि.स)। जिल्लामा राजगञ्जको आमबाड़ीस्थित करतोया नदीमा पारम्परिक अष्टमी गंगा स्नानको आयोजन श्रद्धा एवं उत्साहको साथमा गरियो। बिहानदेखिकै ठूलो संख्यामा श्रद्धालुहरूको भीड़ घाट तथा वरपरका क्षेत्रमा एकत्र भइरहेको छ। सिलगढ़ी, जलपाईगुड़ी समेत विभिन्न क्षेत्रहरूबाट आएका भक्तहरूले पवित्र स्नान गरेर पुण्य कमाए।
यस आयोजनको संचालन आमबाड़ी गंगा संघ क्लबद्वारा गरियो जसले यस वर्ष 57औं वर्षमा प्रवेश गरेको छ।
अष्टमी स्नानको अवसरमा सात दिवसीय मेला पनि शुरू भएको छ जुन आगामी एक अप्रेलसम्म चल्नेछ। मेलाको उद्घाटन राजगञ्जका निवर्तमान विधायक खगेश्वर रायले गरे जहाँ स्थानीय गण्यमान्य मानिसहरू पनि उपस्थित थिए।
आयोजकहरू अनुसार श्रद्धालुहरूको सुरक्षालाई केन्द्र गर्दै करतोया नदीमा स्पीड बोट तैनाथ गरिएको छ। साथै महिलाहरूको लागि भिन्नै चेञ्जिंग रूम सहित केही सुविधाहरू उपलब्ध गराइएको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि यस पारम्परिक अष्टमी स्थान अनि मेलामा लाखौं श्रद्धालुहरू सामेल हुने आशा व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा