सिक्किम एक समृद्ध, न्यासंगत र पर्यावरणीय स्थिरताले युक्त राज्य निर्माणको दिशामा अग्रसर: राज्यपाल
विधानसभा सत्रलाई सम्बोधन गर्दै राज्यपाल।


गान्तोक, 26 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले 11औं विधानसभाको प्रथम सत्रमा आज लेखानुदान (भोट अन एकाउन्ट) मा आफ्नो अभिभाषण प्रस्तुत गर्दै राज्यको समग्र विकासका लागि केन्द्र अनि राज्य सरकारका विभिन्न योजनाहरू र पहलहरूमाथि प्रकाश पारे। उनले सिक्किमको प्रगतिका लागि केन्द्र सरकारबाट निरन्तर सहयोग एवं समर्थन प्राप्त भइरहेकोमा आभार पनि व्यक्त गरे।

राज्यपालले स्वास्थ्य सेवाहरूको विस्तार, आधुनिक चिकित्सा सुविधा र जन कल्याणकारी योजनाहरूको माध्यमद्वारा प्रत्येक नागरिकसम्म गुणवत्तापूर्ण स्वास्थ्य सेवा पुऱ्याउने प्रतिबद्धता व्यक्ति गरे। यसैगरी, उनले प्रजनन स्वास्थ्यसॅंग सम्बन्धित विषयहरूमा अध्ययन कार्य र नीति निर्माणको पनि उल्लेख गरे।

राज्यपालले शिक्षाको क्षेत्रमा नवाचार, डिजिटल लर्निङ र कौशल विकास कार्यक्रमहरूमा जोड दिए। उनले सिक्किमलाई एक प्रमुख गन्तव्यको रूपमा अझ धेरै सशक्त बनाउने दिशामा उठाइएका पाइलाहरूको उल्लेख गरे भने भारत रणभूमि दर्शन अन्तर्गत भएका ऐतिहासिक उपलब्धिहरूको पनि उल्लेख गरे।

कृषि क्षेत्रमा बोल्दै राज्यपालले किसानहरूको आय आर्जन वृद्धि, जैविक खेतीलाई प्रोत्साहन र जलवायु अनुकूल एवं पर्यावरण संरक्षक कृषि व्यवस्था विकसित गर्ने प्रतिबद्धता दोहोऱ्याए। यसै क्रममा उनले ग्रामीण विकास विभाग, भाइब्रेन्ट भिलेज योजना र जल जीवन मिशन अन्तर्गत केन्द्र एवं राज्य सरकारका संयुक्त प्रयासहरूको उल्लेख गरे।

राज्यपालले सिक्किम एक समृद्ध, न्यासंगत र पर्यावरणीय स्थिरताले युक्त राज्य निर्माणको दिशामा अग्रसर रहेको बताए। यहॉंको हरेक नागरिकको सपना साकार होस् र विकासको हरेक पाइल समानता र पारदर्शिताका साथ अगाडि बढोस् भन्ने प्रतिबद्धताका साथ सरकारले काम गरिरहेको पनि उनले बताए। उनले सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको भिजन साझा गर्दै भने, सिक्किम विकसित भारत @2047 को निर्माणप्रति कटिबद्ध छ र यस दिशामा आफ्नो सार्थक योगदान दिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande