राज्यपाल रामनवमीको पूर्व सन्ध्या एमजी मार्गमा ध्वज यात्रामा सहभागी बने
राम नवमी


गान्तोक, 26 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर रामनवमी पर्वको पूर्व सन्ध्यामा आज राजधानीमा एमजी मार्गमा आयोजित ध्वज यात्रा (कलश यात्रा, शोभा यात्रा) मा प्रमुख अतिथिमा रूपमा भाग लिए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थित थिए।

रामोत्सव समितिका मुख्य संरक्षक पनि रहेका मन्त्री सोनाम लामा र अन्य कार्यकारी सदस्यहरूले राज्यपाललाई हार्दिक स्वागत जनाए। यस अवसरमा मन्त्रीगण, वरिष्ठ अधिकारीगण, जन प्रतिनिधिहरू तथा भारी संख्यामा श्रद्धालु उपस्थित रहेको लोकभवनले बताएको छ।

राज्यपालले एमजी मार्गमा निकालिएको ध्वज यात्रामा सामेल भएर रामनवमी उत्सवको शुभकामना दिए। उनले यस्ता सांस्कृतिक आयोजनले समाजमा आध्यात्मिक चेतना, सांस्कृतिक एकता र सामाजिक सद्भावलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ भनी बताए।

समारोहमा जय श्री रामको उद्घोषले वातावरण भक्तिमय बनेको थियो। श्री राम कथा नौ दिवसीय कार्यक्रमको आयोजन 27 मार्चदेखि 4 अप्रेल, 2026 सम्म ठाकुरबाडी मन्दिरमा भव्यरूपमा आयोजना भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande