कालबैशाखीको चेताउनी, 60 किमीको गतिले चल्नसक्छ हावा
कालबैशाखीको चेताउनी, 60 किमीको गतिले चल्नसक्छ हावा


कोलकाता, 26 मार्च (हि. स.)। भीषण गर्मीबीच राज्यमा मौसमले राहतको संकेत दिएको छ। मौसम विभाग अनुसार शुक्रवार दक्षिण बंगालका पाँच वटा जिल्लाहरूमा कालबैशाखी (हावा-हुन्डरी)-सितै तीव्र वर्षा हुने सम्भावना छ। यसको साथै वज्रपात पनि हुनसक्छ। बिहीवार पनि राज्यका केही भागहरूमा छुटपुट वर्षा तथा मेघ गर्जन हुनसक्ने आशंका व्यक्त गरिएको छ।

मौसम विभाग मुताविक यस वर्ष तापमानमा फरवरीदेखि नै निरन्तर वृद्धि भइरहेको छ जसबाट मानिसहरूले बिहान पनि गर्मीको सामना गरिरहेका छन्। तथापि बीच-बीचमा पानी परिरहेकोले केही राहत पाइएको छ।

पूर्वानुमान अनुसार शुक्रवार दक्षिण बंगालकाँ पाँच वटा जिल्लाहरूमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ साथै वज्रपात र असिना पानी पनि पर्ने सम्भावना छ। आगामी शनिवार पुरुलिया, झाड़ग्राम, पश्चिम मेदिनीपुर तथा पश्चिम बर्धमानका केही भागहरूमा पानी पर्नसक्छ।

यता कोलकाता समेत अन्य जिल्लाहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। उत्तर बंगालका जिल्लाहरूमा पनि वर्षाको सिलसिला जारी रहने अनुमान व्यक्त गरिएको छ।

मौसम विभागले बताए अनुसार आगामी आइतवारपछि बिस्तारै मौसम परिवर्तन हुँदै जानेछ जसबाट स्थिति सामान्य हुन थाल्नेछ। हाल मानिसहरूलाई वज्रपात र तीव्र हावालाई ध्यानमा राखेर सतर्क बस्ने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande