
गुवाहाटी, 26 मार्च (हि.स.)। विधानसभा चुनाउको पृष्ठभूमिमा घटित एक महत्वपूर्ण राजनीतिक घटनाक्रममा असम जातीय परिषद (एजेपी)- का संगठनात्मक सचिव अच्युत सैकियाले गए बुधवार राती भारतीय जनता पार्टी (भाजपा)- को सदस्यता ग्रहण गरे।
सैकिया सहित ताई अहोम युवा परिषदका अन्य केही पदाधिकारीहरूले पनि औपचारिक रूपमा भाजपामा सामेल भएर पार्टीलाई सामुदायिक औ क्षेत्रीय स्तरमा मजबुती प्रदान गरे।
यो सदस्यता ग्रहण कार्यक्रम भाजपाका प्रदेश अध्यक्ष दिलीप सैकिया, केन्द्रिय विदेश राज्य मन्त्री पवित्र मार्घेरिटा तथा भाजपाका अन्य वरिष्ठ नेताहरूको उपस्थितिमा आयोजना गरियो जहाँ नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टी नेतृत्वले विश्वास व्यक्त गरे, उनीहरू सामेल हुनाले राज्यमा पार्टीको स्थिति अझ् सुदृढ़ हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा