
गुवाहाटी, 26 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अशोकाष्टमीको पावन अवसरमा बिहिवार राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, चैत महिनाको शुक्ल पक्षको अष्टमी तिथिमा मनाइने यो पवित्र पर्वको गहिरो आध्यात्मिक तथा सांस्कृतिक महत्व रहिआएको छ। यस दिन श्रद्धालुहरूले ब्रह्मपुत्र नदीमा पवित्र स्नान गरी अशोक फूल अर्पित गर्दछन् भनेन शोक तथा दुर्भाग्यदेखि मुक्तिको प्रार्थना गर्दछन्।
उनले भने, यो पर्व हाम्रो आस्था, परम्परा औ आध्यात्मिक मूल्यहरूको प्रतीक हो। यस अवसरमा मुख्यमन्त्रीले ईश्वरसित सबैको जीवनमा सुख, शान्ति एवं सृद्धिको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा