जुबिन गर्ग हत्याकाण्डको जाँच सही दिशामा, असम सरकारले अप्नायो भिन्नै मार्गः मुख्यमन्त्री सरमा
जुबिन गर्ग हत्याकाण्डको जाँच सही दिशामा, असम सरकारले अप्नायो भिन्नै मार्गः मुख्यमन्त्री सरमा


गुवाहाटी, 26 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, जुबिन गर्ग हत्याकाण्डको जाँचको सिलसिलामा असम सरकार सही दिशामा गइरहेको थियो। उनले स्पष्ट पारे, सिंगापुर र असमको जाँचको प्रक्रिया पूर्ण रूपमा भिन्नै छ।

मुख्यमन्त्रीले भने, यदि सिंगापुरको जाँचमाथि नै निर्भर रहेको भए जुबिन गर्गको न्यायको प्रक्रिया आजै समाप्त भइसकेको हुन्थ्यो। उनले भने, असममा गठित विशेष जाँच दल (एसआईटी)-ले स्वतन्त्र एवं ठोस आधारमा जाँचलई अगाड़ि बढ़ायो।

डा. सरमा अनुसार एसआईटीको जाँचमा यो थाहा लागेको छ, पीड़ितलाई योजनाबद्ध र उद्देश्यपूर्ण ढंगमा रक्सी खुवाएर पानीमा डुबाइएको थियो। उनले विश्वास व्यक्त गरे, यसै मजबुत जाँचको कारण जुबिन गर्गलाई न्याय दिलाउन सफल हुनेछ।

मुख्यमन्त्रीले गए राति एक कार्यक्रममा सामेल भएपछि यो महत्वपूर्ण टिप्पणी गर्दै भने, असम सरकार निष्पक्ष औ साक्ष्य-आधारित जाँचको माध्यमबाट न्याय सुनिश्चित गर्नको लागि प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande