मित्रदेव महन्तको पुण्यतिथिमा मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पित
मित्रदेव महन्तको पुण्यतिथिमा मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पित


गुवाहाटी, 26 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहिवार प्रख्यात साहित्यकार मित्रदेव महन्तको पुण्यतिथिमा उनलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्दै असमिया भाषा एवं साहित्यप्रति उनकोअतुलनीय योगदानलाई स्मरण गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा बिहुवार भनेका छन्, महन्तले आफ्नो सम्पूर्ण जीवन असमिया भाषा अनि साहित्यको सेवामा समर्पित गरे। उनले समाजलाई यो सिकाए, भाषा शब्दहरूको समूह मात्र होइन, एउटा समाज र राष्ट्रको आत्मा पनि हो।

उनले अझ भने, “चिर सेनेही मोर भाषा जननी”-को माध्यमबा टमहन्तले भाषा प्रेमको एक अमर ज्योति प्रज्जवलित गरे जसले भावी पिंढ़ीलाई निरन्तर प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande