
गुवाहाटी, 26 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कंग्रेस नेता गौरव गोगोईको कथित पाकिस्तान सम्बन्धलाई लिएर चर्को टिप्पणी गरे जसबाट राज्यको राजनीतिमा नयाँ विवाद उत्पन्न भएको छ।
मुख्यमन्त्रीले बितेको राति यस मुद्दामा बोल्दै चुनावी शपथ पत्रमा जानकारी लुकाएको आरोप लगाए। उनले भने, गोगोईकी पत्नीको पाकिस्तानस्थित ब्यांक खाताको उल्लेख शपथ पत्र गरिएको छैन जुन एक गम्भीर मामिला हो र यसमाथि स्पष्टिकरण दिइनुपर्छ।
मुख्यमन्त्रीले कटाक्ष गर्दै भने, असममा कंग्रेसको सरकार गठन हुनेछैन जबकि “पाकिस्तानमा गठन हुनसक्छ,” जसबाट सत्तारूढ़ भाजपा र विपक्षी कंग्रेसबीच बयानबाजी अझ् तीव्र भएको छ।
तथापि कंग्रेसको पक्षबाट अहिलेसम्म उपरोक्त आरोपहरूलाई लिएर कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा