
गुवाहाटी, 26 मार्च (हि.स.)। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)- का उम्मेद्वार चक्रधर गोगोईले असम जातिय परिषद (एजेपी)- का अध्यक्ष लुरिनज्योति गोगोईद्वारा नामांकन पत्रमा उल्लेखित उमेरमा कथित विसंगति रहेको आरोप लगाउँदै भनेका छन्, यदि उमेर लुकाएको मामिला सही साबित भए कानूनी कारबाही गरिनेछ।
उनले भने, भिन्न-भिन्न चुनाउहरूमा लुरिनज्योति गोगोईद्वारा दिइएको उमेरको जानकारीहरूमा विसंगति पाइएको छ। उनी अनुसार 2021 सालको असम विधानसभा चुनाउमा दर्ता हलफनामामा उनको उमेर 43 वर्ष उल्लेख गरिएको थियो भने 2024 सालको लोकसभा चुनाउमा यो 45 वर्ष दर्ता गरिएको थियो।
गोगोईले आरोप लगाए, यस वर्ष 2026-को चुनाउको लागि दर्ता शपथ पत्रमा उमेर बढ़्नको सट्टा फेरि 43 वर्ष बताइएको छ जसबाट जानकारीको विश्वसनीयतामाथि प्रश्न उठ्छ।
उनले भने, यदि उनले सुनियोजित ढंगमै गलत जानकारी दिएको कुरा साबित भयो भने कानून अनुरूप मामिलालाई उठाइनेछ अनि उचित कारबाही गर्ने माग गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा