संवेदनशील गाउँहरूमा पुलिस र केन्द्रिय बलहरूको गस्ती
संवेदनशील गाउँहरूमा पुलिस र केन्द्रिय बलहरूको गस्ती


झाड़ग्राम, 26 मार्च (हि. स.)। आगामी चुनाउलाई मध्यनजर गर्दै पश्चिम मेदिनीपुरको जामबनी क्षेत्रमा बिहीवार सबेरै पुलिस अनि केन्द्रिय अर्धसैनिक बलहरूले संयुक्त रूपमा रूट मार्च गरे। बिहान लगभग 6 बजी शुरू भएको यस अभियानको क्रममा सुरक्षा बलले भेदाकुई, जामबनी, पलाशबनी औ बड़शोल जस्ता संवेदनशील गाउँहरूमा पुगेर सड़कहरूमा गस्ती गऱ्यो।

रूट मार्चमा थाना प्रभारी सहित अन्य पुलिस अधिकारी औ केन्द्रिय बलका जवानहरू सामेल भए। सुरक्षा बलहरूले गाउँ-गाउँमा घुमेर स्थनीय मानिसहरूसित बातचित गर्दै उनीहरूलाई सुरक्षा दिने भरोसा दिलाए। साथै ग्रामीणहरूसित शान्तिपूर्ण परिवेश कायम राख्ने तथा कुनै पनि प्रकारको डर वा बाहिरी दबावमा नपरी आफ्नो मताधिकार प्रयोग गर्ने अपील गरियो।

पुलिस प्रशासन अनुसार आगामी चुनाउलाई निष्पक्ष औ शान्तिपूर्ण ढंगमा सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्थालाई लगातार सशक्त बनाइँदैछ। यसै अन्तर्गत नियमित गस्ती, रूट मार्च तथा संवेदनशील क्षेत्रहरूमा अतिरिक्त निगरानीको व्यवस्था गरिएको छ।

2016 सालदेखि यता जंगलमहल क्षेत्रको अवस्था बिस्तारै परिवर्तन हुँदै गइरहेको देखिएको छ। माओवादी प्रभाव लगभग समाप्त भएपछि प्रशासनले विकास अनि बुनियादी ढाँचामाथि बल दियो जसको परिणामस्वरूप सड़क, बिजुली तथा प्रशासनिक पहुँचमा उल्लेखनीय सुधार भयो। वर्ष 2017- मा झाड़ग्राम जिल्ला गठन भएपछि यस क्षेत्रमा विकासको गति झन् तीव्र भयो। यसरी नै वर्ष 2018- को पञ्चायत चुनाउ र वर्ष 2019- को लोकसभा चुनाउ अवधि राजनीतिक गतिविधि धेरै सक्रिय भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande