मेघालयमा एलपीजीको संकटले होटल-रेस्तोराँ सेवा प्रभावित, पर्यटन क्षेत्रमा व्यापक प्रभाव
मेघालयमा एलपीजीको संकटले होटल-रेस्तोराँ सेवा प्रभावित, पर्यटन क्षेत्रमा व्यापक प्रभाव


शिलंग, 26 मार्च (हि.स.)। मेघालयमा व्यावसायिक एलपीजीको अभावले अब पर्यटन आधारित आतिथ्य क्षेत्रमा पनि व्यापक प्रभाव पारिरहेको स्पष्ट रूपमा देख्न सकिन्छ। राज्यका केही होटल अनि रेस्तोराँहरूले आफ्नो सेवालाई सीमित पारेका छन् भने मेन्यूमा कटौती गर्न परिरहेको छ।

अधिकारीहरूद्वारा बिहिवार दिइएको जानकारी अनुसर उपलब्ध एलपीजी आपूर्तिलाई हाल अस्पताल तथा छात्रावासहरू जस्ता आवश्यक सेवाहरूलाई प्राथमिकता दिँदै पठाइरहेको छ जस कारण होटल उद्योगमा इन्धनको अभाव कायम रहेको छ। यसबाट प्रमुख पर्यटन स्थलहरूमा संचालन प्रभावित भइरहेको छ।

शिलग तथा चेरापूञ्जी जस्ता क्षेत्रहरूका होटल अनि रिसर्ट संचालकहरूले बताए, उनीहरूलाई आफ्नो किचन संचालनलाई सीमित बनाउन परिरहेको छ भने खाना पकाउनको लागि वैकल्पिक साधनलाई अप्नाउन परिरहेको छ। कतिपय क्षेत्रमा दाउरा र काठको उपयोग शुरू भइसकेको छ जसबाट भोजन तयार गर्नमा समय लागिरहेको छ भने व्यञ्जनहरूको संख्या पनि घटिरहेको छ।

रेस्तराँहरूले पारम्परिक मन्द रापमा खाना पकाउने प्रक्रिया अपनाइरहेका छन्। अतिथिहरूसित सीमित स्थानीय भोजन अनि अधिक प्रतिक्षा गर्न परेको स्थितिमा सहयोग गर्ने अपील गरिएको छ।

उद्योगसित जोड़िएका मानिसहरूको भनाइ छ, इन्धनको अभावमा नियमित किचन संचलन पूर्ण रूपले प्रभावित भएको छ। केही प्रतिष्ठानहरू पूर्ण मेन्यू उपलब्ध गराउनमा असमर्थ छन्। अर्कोतिर अधिकारीहरूले दोहोऱ्याएका छन्, आवश्यक सेवाहरूलाई प्राथमिकता दिन आवश्यक छ। आपूर्ति व्यवस्थालाई सुचारू बनाउने प्रयास जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande