
कोलकाता, 26 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार महान संगीतकार औ भारतीय सांस्कृतिक धरोहरका वैश्विक दूत आनन्द शंकरको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै भनिन्, उनले महान संगीतकार आनन्द शंकरलाई उनको पुण्यतिथिमा स्मरण गरिरहेकी छन् जसले भारतीय संगीतलाई वैश्विक पहिचान दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
ममता ब्यानर्जीले आफ्नो सन्देशमा आनन्द शंकरलाई भारतीय सांस्कृतिक धरोहरका एक महत्वपूर्ण प्रतिनिधि बताउँदै उनको योगदानको प्रशंसा गरिन्। उनको संगीतले आज पनि मानिसहरूलाई प्रेरित गरेको ठहर मुख्यमन्त्रीले गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा