कामरूप (मेट्रो) जिल्लामा पेट्रोल-डिजलको अभाव छैन, डराएर किनमेल नगर्ने अपील
कामरूप (मेट्रो) जिल्लामा पेट्रोल-डिजलको अभाव छैन, डराएर किनमेल नगर्ने अपील


गुवाहाटी, 26 मार्च (हि.स.)। प्रशासनले कामरूप (मेट्रो) जिल्ला (गुवाहाटी) -मा पेट्रोल र डिजलको पर्याप्त उपलब्धता भएको पुष्टि गर्दै कुनै पनि प्रकारको अभावलाई खारेज गरिदिएको छ।

गए राति जारी एक सार्वजनिक सूचना अनुसार क्षेत्रीय रिपोर्टको आधारमा जिल्लामा दुवै इन्धनको पर्याप्त भण्डार छ र वर्तमान समयमा कुनै पनि प्रकारको अभाव छैन। साथै निकट भविष्यमा पनि कुनै पनि प्रकारको अभाव हुने सम्भावना छैन।

प्रशासनले मानिसहरूसित अपील गरेको छ, उनीहरूले डराएर पेट्रोल, डिजलको अनावश्यक किनमेल नगरुन्। इन्दनको उपलब्धतासित सम्बन्धि कुनै पनि सिकायतको लागि 1077 हेल्पलााइन नम्बरमा सम्पर्क गर्न पनि भनिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande