इम्फाल पश्चिममा यूएनएलएफ (पी) उग्रवादी पक्राउ, मोबाइल फोन जफत
इम्फाल पश्चिममा यूएनएलएफ (पी) उग्रवादी पक्राउ, मोबाइल फोन जफत


इम्फाल, 26 मार्च (हि.स.)। मणिपुरको इम्फाल पश्चिम जिल्लामा सुरक्षा बलहरूले प्रतिबन्धित उग्रवादी संगठन यूएनएलएफ (पी)- का एकजना सक्रिय सदस्यलाई पक्राउ गरेका छन्। अधिकारीहरूले बिहीवार यस आशयको जानकार दिए।

यो पक्राउ गए 25 मार्चको दिन पाटसोई थाना अधिनस्थ पाटसोई क्षेत्रमा विशेष गुप्त जानकारीको आधारमा संचालित अभियानको क्रममा गरिएको हो। पक्रा पर्ने उग्रवादीको पहिचान असीम सुभाष मैतेई उपनाम लिंगजेलखोम्बा (30)- को रूपमा भएको छ जो केशामथोंग होदम लिराकका मूल निवासी हुन् भने वर्तमानमा तिनी पाटसोई पार्ट-2 आवांग लेइकाईमा बस्दै आइरहेका थिए।

अभियान अवधि सुरक्षा बलहरूले खोजी गऱ्यो जसमा आरोपीबाट एउटा मोबाइल फोन जफत गरियो। अधिकारीहरू अनुसार यस मोबाइल फोनबाट उसको नेटवर्क, सम्पर्क तथा सम्भावित गतिविधिहरूसित सम्बन्धित महत्वपूर्ण जानकारी हात लाग्नसक्छ।

उल्लेखनीय छ, यूनाइटेड नेशनल लिबरेशन फ्रण्ट (प्रोग्रेसिव) अर्थात यूएनएलएफ (पी) मणिपुरमा सक्रिय उग्रवादी संगठनहरूमध्ये एक हो। सुरक्षा एजेन्सीहरूले यसको नेटवर्कलाई ध्वस्त बनाउन अनि कानून व्यवस्थालाई कायम राख्नको लागि लगातार अभियान संचालन गर्दै आइरहेका छन्।

यस मामिलामा अग्रिम जाँच जारी छ ताकि आरोपीको भूमिका तथा अन्य उग्रवादीहरूसित उसको सम्भावित सम्भावनाबारे पत्तो लगाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande