
कोलकाता, 26 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनार्जीले बिहिवार एक्समा पोस्ट गरी अन्नपूर्णा पूजाको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिइन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा देवी अन्नपूर्णको स्तुति गर्दै लेखिन्, उनी परात्परा देवी हुन् जसले सुख दिन्छन् अनि दुःखहरूलाई हरेर लान्छिन् साथै सबैको जीवनलाई अन्नले परिपूर्ण पार्दछिन्।
ममता ब्यानर्जीले आफ्नो पोस्टको माध्यमबाट सबै मानिसहरूलाई अन्नपूर्णा पूजाको हार्दिक शुभकामना अनि बधाई दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा