नगरपालिका चुनाउ 2026: एसकेएम उम्मेदवारहरूले आज नामाङ्कन बुझाउने
skm


गान्तोक, 26 मार्च (हि.स.)। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका सबै उम्मेदवारहरूले आज आगामी नगरपालिका चुनाउ 2026 का लागि नामाङ्कन बुझाउने भएका छन्। राज्यका छवटै जिल्ला अन्तर्गत नगर निगम, नगर परिषद र नगर पञ्चायतहरूका लागि स्थानीय जिल्ला प्रशासनिक केन्द्रहरूमा नामाङ्कन बुझाउने प्रक्रिया शुरू गरिने पार्टी सुत्रहरूले बताएका छन्।

उल्लेखनीय छ, राज्य चुनाउ आयोगले गत 23 मार्चका दिन सिक्किममा नगरपालिका चुनाउ 2026 घोषणा गरेको थियो। नामाङ्कन बुझाउने अन्तिम मिति 30 मार्च तय गरिएको छ। यसैगरी, 24 अप्रेलका दिन मतदान हुनेछ भने 25 अप्रेल, 2026 का दिन मतगणना हुनेछ।

नगरपालिका चुनाउ घोषणासॅंगै एसकेएम पार्टीले नगर निगम र नगर परिषदलगायत सबै नगर पञ्चायतहरूका लागि सोही दिन उम्मेदवारहरूको घोषणा गरेको थियो। एसकेएम उम्मेदवारहरूले आज बिहान 10 बजीदेखि सबै शहरी स्थानीय निकायहरूका लागि नामाङ्कन बुझाउन शुरू गर्नेछन्।

अर्कातिर, राज्यका कुनै पनि विपक्षी दलहरूले अहिलेसम्म आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande