
कोलकाता, 26 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले उत्तर 24 परगना जिल्लाको पानिहाटी विधानसभा सीटबाट आर.जी. कर दुष्कर्म हत्याकाण्डकी पीड़ित युवा डाक्टरकी आमा रत्ना देबनाथलाई उम्मेद्वार बनाएको छ। पार्टीले यस चुनााउलाई न्यायको लड़ाईँको रूपमा प्रस्तुत गरेको छ।
भाजपाका सहप्रभारी एवं आईटी सेल प्रमुख अमित मालवीयले बिहिवार बिहान सोशलमीडिया प्लेटफर्म एक्स पोस्टमा भने, यो उम्मेद्वारिताको मामिला मात्र होइन, यो त न्यायको लड़ाईँ हो। उनले राज्य सरकारको कारबाहीमाथि प्रश्न उठाउँदै आरोप लगाए, यस भयानक अपराधलाई सम्हाल्नमा ममता ब्यानर्जी सरकारबाट धेरै वटा गम्भीरचूक भएको छ।
मालवीयले भने, यी कथित चूकहरूमा वास्तविकतालाई दबाउने प्रयास, प्रमाण मेटाउने, पोस्टमर्टममा गड़बड़ी, हतारमा अन्तिम संस्कार, फोरेन्सिक जाँचको लागि नमूनालाई सुरक्षित नराख्नु तथा अपराध स्थलसित छेड़छाड़ जस्ता आरोपहरू सामेल छन्।
उनले मानिसहरूसित अपील गरे, उनीहरूले रत्ना देबनाथलाई समर्थन गर्दै यस न्यायको लड़ाईँमा उनको साथमा उभिएर परिवर्तनको पक्षमा मतदान गरुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा