यासिन पठानले भोट बहिष्कार गर्ने चेताउनी दिए
यासिन पठानले भोट बहिष्कार गर्ने चेताउनी दिए


पश्चिम मेदिनीपुर, 26 मार्च (हि. स.)। जिल्लाको पाथरा क्षेत्रमा केही प्राचीन हिन्दू मन्दिरहरूको संरक्षण एवं पुनर्जीवनमा अहम भूमिका निभाउँदै आइरहेका तथा साम्प्रदायिक सद्भावको लागि राष्ट्रपतिबाट कबीर पुरस्कार प्राप्त गरिसकेका यासिन पठानले सपरिवार आगामी चुनाउमा मतदान बहिष्कार गर्ने चेताउनी दिएका छन्।

यो मामिला खड़गपुर ग्रामीण विधानसभा क्षेत्र अन्तर्गत पाथरा गाउँसित सम्बन्धित छ। यसै गाउँका निवासी यासिन पठानको भनाइ छ, उनका छोरा र दुईजना छोरीहरूको नाम मतदाता सूचीमा ‘अण्डर एडजुडिकेशन’ अर्थात ‘विचाराधिन’ श्रेणीमा दर्ता गरिएको छ। उनले पहिला नै सबै आवश्यक दस्तावेज सम्बन्धित अधिकारीहरू समक्ष जमा गराइसकेका छन्।

उनले बताए, उनले वर्ष 1978-देखि नै लगातार मतदान गर्दै आइरहेका छन् भने वर्ष 2002- को मतदाता सूचीमो उनको र उनकी पत्नीको नाम पनि दर्ता छ। उनका छोरा तस्वीर पठान बादशाह (40) तथा छोरीहरू क्रमैले तानिया परविन (37) र तमन्ना परविन (34)-ले पनि पहिला धेरै पटक मतदान गरिसकेका छन्। तथापि नवीनतम पूरक मतदाता सूचीमा उनीहरूको नाम ‘विचाराधीन’ सूचीमा परेकोले परिवार असन्तुष्ट भएको छ। यासिन पठानले भने, यदि उनीहरूको सन्तानको मताधिकारलाई बहाल गरिएन भने उनको परिवारका सबै सदस्यहरूले यस पालि मतदान गर्ने छैनन्।

उनको यस बयानपछि स्थानीय राजनीति पनि गर्मिएको छ। दिनेन राय जो खड़गपुर ग्रामीणबाट तृणमूल कंग्रेसकेा उम्मीदवार हुन्,-ले आरोप लगाए, चुनाउ आयोगको प्रक्रियाले आम मानिसहरूलाई सताइरहेको छ। शंकर गुच्छैत जसलाई गए बुधवार साँझ मात्र भारतीय जनता पार्टीले मेदिनीपुर सदर विधानसभा क्षेत्रबाट आफ्नो उम्मेद्वार घोषित गरेको छ,-ले यस मुद्दामा प्रतिक्रिया दिँदै भने, चुनाउ आयोगले निश्चित रूपमा मामिलाको जाँच गरेर उचित कदम उठाउनेछ। उनले भरोसा दिलाए, आयोगले निष्पक्ष ढंगमा निर्णय लिनेछ। विचाराधिन सूचीमा परेका मामिलाहरूलाई नियम अनुसार सुल्झाउनेछ। उनले मानिसहरूसित अपील गरे, उनीहरूले चुनाउ आयोगमाथि विश्वास राखुन् अनि लोकतान्त्रिक प्रक्रियामा सहभागी बन्न नछाड़ौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande