
नोएडा, 29 मार्च (हि.स.)। उत्तर प्रदेशको नोयडामा थाना सेक्टर 24 क्षेत्रको सेक्टर 32 स्थित एक सोसाइटीमा बस्ने 21 वर्षीय बीटेककी छात्राले आइतवार बिहान 28औं तलाबाट हाम फालेर आत्महत्या गरिन्। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। थाना सेक्टर-24 का प्रभारी निरीक्षक सुबोध कुमारले बताए, अर्पिता(21), पुत्री सञ्जय निवासी डी- ब्लक सेक्टर 32 अमौर सोसाइटीले आज बिहान आफ्नो फ्ल्याटको 28औं तलाबाट हाम पालेर आत्महत्या गरेकी छन्। उनले बताए, तिनी मूल रूपमा ग्राम मंडेरवा थाना मंडेरवा जिल्ला बस्ती उत्तर प्रदेशकी निवासी थिइन्। उनले बताए, घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
थाना प्रभारीले बताए, युवतीका पिता घटनास्थलमा उपस्थित छन्। उनले पुलिसलाई बताए, उनकी छोरीले पञ्जाबको एक यूनिभर्सिटीबाट बीटेकको पढ़ाई गरिरहेकी थिइन्। तिनी केही दिनदेखिको मानसिक तनाउमा थिइन्। पुलिसमा आत्महत्याको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा