अनुप्रवेशको मुद्दामा ममता ब्यानर्जीको नीति फेरियो: दिलीप घोष
अनुप्रवेशको मुद्दामा ममता ब्यानर्जीको नीति फेरियो: दिलीप घोष


खड़गपुर, 29 मार्च (हि.स.)। वरिष्ठ भाजपा नेता एवं खड़गपुर सदरका प्रत्याशी दिलीप घोषले अनुप्रवेश तथा अवैध मतदाताहरूको मुद्दामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि चर्को प्रहार गरेका छन्। आइतवार बिहान खड़गपुरमा मर्निंग वक गर्ने क्रममा पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, ममता ब्यानर्जी विपक्षकी नेता हुँदा उनले स्वयं पनि स्वीकार गरेकी थिइन् कि अनुप्रवेशकारीहरूको कारणले बंगाल मात्र नभएर सम्पूर्ण देशको सुरक्षा खतरामा परेको छ। दिलीप घोषले आफ्नो सोशल मीडिया ह्याण्डलमा ममता ब्यनर्जीको पुरानो बयानको उल्लेख गर्दै उनलाई घेरे अनि भने, सततामा आएपछि उनको नीति पूर्ण रूपले फेरिएको छ।

उनले भने, त्यसताक ममता ब्यनर्जीले आरोप लगाएकी थिइन्- बाहिरका मानिसहरूले राज्यमा आएर जाली भोटर कार्ड बनाइरहेका छन् अनि वास्तविक मतदाताहरूको अधिकारमाथि कब्जा गरिरहेका छन्। तर आज सत्तामा आएपछि उनको नीति पनि परिवर्तन भएको छ।

दिलीप घोषले भने, आफ्नो भोट ब्यांकलाई यथावत राख्नका लागि ममता ब्यनर्जीले अनुप्रवेशकारी विरोधी कारबाहीको विरोध गरिरहेकी छन्। उनले आरोप लगाए, अवैध मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको मुद्दामा मुख्यमन्त्रीले सड़कमा उत्रेर धरना दिरहेकी छन्। यस मामिलाई उनले सुप्रीम कोर्टमा पनि पुऱ्याएकी छन्।

भाजपा नेताले भने, सत्ताको राजनीतिले गर्दा ममता ब्यनर्जीको दोहोरो नीति जनता सामु उजागार भइसकेको छ र राज्यका जनताले सबै कुरा देखिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande