
नोएडा, 29 मार्च (हि.स.)। उत्तर प्रदेशको नोयडामा थाना सेक्टर 20 क्षेत्रको सेक्टर 27 स्थित एक पीजीमा बस्दै आएका एकजना एमबीए उत्तीर्ण युवकले बेरोजगारीदेखि हैरान भएर पीजीको पंखामा झुण्डिएर आत्महत्या गरे। छात्र मूल रूपमा जिल्ला बरेली निवासी थिए।
थाना सेक्टर 20- का प्रभारी निरीक्षक अरविन्द कुमारले बताए, पार्थ गौतम, पुत्र धरणीधर गौतम उमेर 23 वर्ष, निवासी जिल्ला बरेली नोएडाको सेक्टर 27 स्थित एक पीजीमा बस्दै आएका थिए। एमबीए उत्तीर्ण छात्र नोकरीको खोजीमा थिए। उनले बताए, नोकरी नपाएको कारणले छात्र अवसादमा थिए। गए राती तिनले आफ्नो पीजीको पंखामा झुण्डिएर आत्महत्या गरे। उनले बताए, घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा