लखिमपुरमा कंग्रेस प्रत्याशीको बयानले विवाद सृजना गऱ्यो
लखिमपुरमा कंग्रेस प्रत्याशीको बयानले विवाद सृजना गऱ्यो


लखिमपुर, 29 मार्च (हि.स.)। असममा भइरहेको चुनाउ प्रचारबीच कंग्रेस प्रत्याशी घन बुढ़ागोहाईंले दिएका एउटा बयानलाई लिएर विवाद उत्पन्न भएको छ। एक जनसभालाई सम्बोधन गर्ने क्रममा उनले कथित रूपमा भनेका थिए, “यदि कंग्रेसको सरकार आयो भने मियाँहरूलाई कसैले बेदखल गर्न सक्दैन,” जसमाथि विभिन्न पक्षले चर्को प्रतिक्रिया गरिरहेका छन्।

विपक्षी दलहरूले यस बयानलाई मतदाताहरूलाई ध्रुवीकरण गर्ने चेष्टा बताउँद आरोप लगाएका छन्, यसले स्थानीय तथा असमिया समुदायको भावनालाई ओझेलमा पार्छ। आलोचकहरूको भनाइ छ, चुनावी माहोलमा यस किसिमको बयान दिएर विशेष समुदायलाई रिजाउने प्रयास गरिँदैछ।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, यस किसिमको बयानले क्षेत्रमा तनाउ बढ़्नसक्छ विशेष गरी चुनावी गतिविधि चरममा रहेको समयमा।अर्कोतिर विरोधी दलरूले यस टिप्पणीको कड़ा निन्दा गर्दै यसलाई अजिम्मेवारी तथा विभाजनकारी बताएका छन्।

यस मामिामा कंग्रेसको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande