बेलदामा सड़क दुर्घटनामा व्यक्तिको मृत्यु
बेलदामा सड़क दुर्घटनामा व्यक्तिको मृत्यु


पश्चिम मेदिनीपुर, 29 मार्च (हि.स.)। जिल्लाकोबेलदा–एगरा राज्य मार्गममा गएशनिवारअबेर सांझ भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो।घटना जिल्लाकोबेलदा थाना क्षेत्रस्थितआसदा मोड़ छेउमा भएको हो।

पुलिस सूत्रअनुसारनारायणगढ़ ब्लककोगुड़दला क्षेत्र निवासी गोकुल राउल (66) मोटरसाइकल मार्फतखाकुड़दातर्फ आइरहेका थिए। यसै क्रममा पछाड़िबाट आइरहेको एउटा द्रूत गतिको ट्रकले उनको बाइकलाई ठक्कर दियो। यस भयानक दुर्घटनामा गोकुल राउलको घटनास्थलमै मृत्यु भयो।

परिवारकासदस्यहरूले बताए,गोकुल राउल बेलदा सुपर स्पेशलिटी अस्पतालमाउपचाराधिन आफ्नो बिमार भाइलाई हेर्न गइरहेका थिए। तर अस्पताल पुग्न अगावै यो दुःखदायी घटना भयो।

सूचना पाएर बेलदा थाना पुलिसलेघटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो। पुलिसले बतायो, शवलाई आइतवार पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande