झाड़ग्रामका चार वटा सीटमा हिन्दू सुरक्षा वाहिनीको उम्मेद्वार घोषित
झाड़ग्रामका चार वटा सीटमा हिन्दू सुरक्षा वाहिनीको उम्मेद्वार घोषित


झाड़ग्राम, 29 मार्च (हि.स.)। आगामी विधानसभा चुनाउको निम्ति झाड़ग्राम जिल्लाको हिन्दू सुरक्षा वाहिनीले जिल्लाका चार वटा विधानसभा सीटमा आफ्नो उम्मेद्वार घोषणा गरी चुनावी मैदानमाा उत्रिने घोषणा गरेको छ। संगठनको यस कदमबाट स्थानीय राजनीतिक समीकरणलाई लिएर चर्चा चुलिएको छ।

हिन्दू सुरक्षा वाहिनीको पक्षबाट झाड़ग्राम विधानसभा सीटबाट शुभाशिष कारक, गोपीबल्लभपुरबाट बिमल पाल, नयाग्रामबाट सुमी हेमब्रम औ बिनपुरबाट निताई सरदारलाई उम्मेद्वार घोषणा गरिएको छ। संगठनका अध्यक्ष कर्ण पालले गए शनिवार राती उक्त घोषणा गर्दै भने, वर्तमान राजनीतिक व्यवस्थाबाटट आम मानिसहरूको अपेक्षा पूरा भएको छैन। उनले भने, राज्यमा सत्तारूढ़ दल औ केन्द्र सरकारद्वारा केही काम गरिए पनि जनकल्याणणका कतिपय क्षेत्रहरूमा अहिले पनि अभाव यथावत छ। त्यसैले संगठनले सोझै चुनावी राजनीतिमा उत्रिने निर्णय लिएको छ।

कर्ण पाल अनुसार संगठनको मुख्य एजेण्डा राज्यमा पूर्ण रूपमा नि:शुल्क शिक्षा व्यवस्था लागू गर्नु र विद्यार्थीहरूबाट कुनै पनि प्रकारको फीस नलिनु हो। यसको साथै किसानहरूलाई उचित मूल्यमा खाद तथा बिउ उपलब्ध गराउने माग पनि संगठनले उठाएको छ।

उनले संकेत दिए, झाड़ग्राम अतिरिक्त पुरूलिया जिल्लाका केही सीट तथा खड़गपुर ग्रामीण र शहरी क्षेत्रहरूमा पनि संगठनले उम्मेद्वारिता गर्नेमाथि विचार गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande