
झाड़ग्राम, 29 मार्च (हि. स.)। जिल्लामा गए शनिवार अबेर साँझ भारतीय जनता पार्टी (भाजपा)-ले अनौठो शैलीमा प्रचार अभियान संचालन गऱ्यो। पार्टीको नेतृत्वमा मशाल ऱ्याली निकालियो जुन भाजपाको पार्टी कार्यालयदेखि शुरू भएर शहरको पाँच माथा मोड़सम्म पुग्यो। ऱ्यालीमा ठूलो संख्यामा कार्यकर्ताहरू हातमा बल्दै गरेको मशाल लिएर सामेल भए।
ऱ्यालीमा भाजपा प्रत्याशी लक्ष्मी कान्त साहु, झाड़ग्राम जिल्लाध्यक्ष तूफान महतो, राज्य समिति सदस्य सुखमय सतपति सहित पार्टीका केही वरिष्ठ नेता अनि कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको थियो। मशाल बोकेका कार्यकर्ताहरूको लामो लस्करबीच उत्साहपूर्ण वातावरण देखियो। महिला समर्थकहरूको पनि ऱ्यालीमा ठूलो सहभागिता देखियो।
यस अवसरमा भाजपा प्रत्याशी लक्ष्मी कान्त साहुले भने, शहरमा भएको कथित घोटालाबाट फैलिएको “अन्धकार”-लाई हटाउनको लागि मशाल ऱ्याली आयोजना गरिएको हो। उनले झाड़ग्राम मयूरझरना एलिफेन्ट रिजर्भरको लागि आवन्टन लगभग साढ़े छः हजार कड़ोर रुपियाँमा धाँधली गरेको आरोप लगाउँदै राज्य सरकारलाई लक्षित गरे। यस मामिलामा मन्त्री वीरबाहा हाँसदाको नाम उच्चारण गर्दै उनले प्रश्न उठाए। प्रधानमन्त्री आवास योजनाको नाममा पनि धाँधली गरेको थप आरोप उनले लगाए।
साहुले किसानहरूको स्थितिलाई लिएर राज्य सरकारको आलोचना गर्दै भने, आलुको मूल्य घटेको कारणले किसानहरूलाई ठूलो नोक्सान झेल्न परिरहेको छ। उनले भने, झाड़ग्राम शहरमा पछिल्लो 16 वर्षदेखिकै व्याप्त अन्धकारदेखि उज्यालो र विकास तर्फ दोऱ्याउने समय ल्याउनको लागि नै यो मशाल यात्रा निकालिएको हो।
यता तृणमूल कंग्रेसका एकजना जिल्ला पदाधिकारीले भाजपाका आरोपहरूलाई खारेज गर्दै भने, भाजपासित विकाकसलाई लिएर भन्नको लागि केही छैन, त्यसैले उनीहरूले आधारहीन आरोप लगाइरहेका छन्। उनले भने, जनताले आगामी चुनाउमा यी आरोपहरूको जवाफ निश्चित रूपमा दिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा