
मालदा, 30 मार्च (हि. स.)। जिल्लामा फेरि एकपटक आत्मा नै काँप्ने घटना घटेको छ। कालियाचक क्षेत्रमा एक जना युवकले कथित रूपमा आफैमाथि गोली दागेर आत्महत्या गऱ्यो जसले गर्दा सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। घटना कालियाचकको श्रीरामपुर गाउँमा भएको हो जहाँ करिब अब्दुल जब्बारको गोली लागेको शव गए आइतवार अबेर राति भेटियो। पुलिसको शुरूआती जाँचमा आशंका व्यक्त गरिएको छ, युवकले आफै बन्दुकले गोली चलाएर आत्मघाती कदम उठाएको हो।
परिवार अनुसार अब्दुल जब्बार बीड़ी मजदुर थियो जसले आफ्नो पितासित काम गर्थ्यो। गए आइतवार राति अब्दुल श्रीरामपुरको शेखपुर मैदानमा गयो अनि त्यहीँबाट आफ्ना माता-पितालाई भीडियो कल गऱ्यो। आफन्त अनि स्थानीय मानिसहरूले तुरून्तै उसलाई मेडिकल कलेजमा पुऱ्याए जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। सोमवार बिहान अस्पताल बाहिर आफन्तहरूको रोएर बेहाल भएको थियो। यस घटनाको कारण सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा