
आसनसोल, 30 मार्च (हि.स.)। आसनसोल उत्तर विधानसभा सीटबाट भाजपा उम्मेद्वार कृष्णनेन्दु मुखर्जीले सोमवार शुभ मुहूर्तमा नामांकन दर्ता गराए। उनीसित इलेक्शन एजेन्ट पूर्व जिल्लाध्यक्ष दिलीप दे, उनका समर्थकद्वय दिलीप कुमार भट्टचार्य र अशोक सोनकर उपस्थित थिए।
पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 अन्तर्गत नामांकन प्रक्रियाको पहिलो दिन नै आसनसोल नर्थ विधानसभा सीटबाट भाजपा उम्मेद्वार कृष्णेन्दु मुखर्जीले एसडीओ अधर रायको कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र दर्ता गराए। नामांकन अवधि कुनै पनि प्रकारको हो-हल्ला वा नाराबाजी देख्न पाइएन। उनको साथमा दुईजना सुरक्षा कर्मी र दुई जना समर्थकहरू मात्र उपस्थित थिए।
नामांकन दर्ता गरेपछि कृष्णेन्दुले भने, सनातन परम्परामाथि विश्वास राख्ने हुनाले धार्मिक आस्था अनुरूप आजको दिनलाई शुभ मान्दै उनले आफ्नो नामांकन पत्र दर्ता गराएका हुन्। उनले बताए, यो निर्णय पार्टी नेतृत्वसित चर्चा गरेपछि लिइएको हो।
उनले अझ् भने, आगामी एक अप्रेलदेखि उनले आफ्ना समर्थकहरूको साथमा आफ्नो क्षेत्रमा सक्रिय रूपमा चुनाउ प्रचार शुरू गर्नेछन्। यसपालि उनको चुनाउ अभियान विकासका मुद्दाहरूमाथि केन्द्रित हुनेछ। यसको साथै उनले तृणमूल कंग्रेस सरकारको पछिल्लो 15 वर्षको कार्यकालको कमी-कमजोरी तथा भ्रष्टाचारलाई पनि जनता सामू राख्नेछन्। कृष्णेन्दु मुखर्जीले महिला सुरक्षा, स्वास्थ्य सेवाको स्थिति, शिक्षा व्यवस्था समेत अन्य धेरै वटा महत्वपूर्ण मुद्दाहरूलाई आफ्नो चुनावी मुद्दामा सामेल गर्ने कुरा पनि राखे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा